२०८० आश्विन १४
October 1, 2023, Sunday

रूपन्देहीमा निषेधाज्ञा तोड्दै ‘राजधानी प्रस्ताव’ विरोधमा बिहानैदेखि प्रदर्शन

रूपन्देहीमा निषेधाज्ञा तोड्दै ‘राजधानी प्रस्ताव’ विरोधमा बिहानैदेखि प्रदर्शन

काठमाडौं,असोज १८
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेपनि बिहानैदेखि प्रदर्शन सुरू भएको छ । प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको हो ।

प्रदेश ५ को राजधानी बुटवल हुनुपर्ने माग राख्दै नेपाली कांग्रेसले शुक्रबारदेखि नै ‘भालुवाङ’ राजधानी प्रस्तावको विरोध गरिरहेको छ । शुक्रबार र शनिबार बुटवलमा तोडफोड समेत भएको थियो ।

यसैलाई मध्येनजर गर्दै त्यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको हो । निषेधित क्षेत्रमा भीडभाड, सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन रोक लगाइएको छ । त्यस्तै, पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएर हिँडडुल गर्न पाइँदैन भनिएको थियो तर निषेधाज्ञा तोड्दै रूपन्देहीका विभिन्न ठाउँमा प्रदर्शन भएको हो ।

निषेधाज्ञा र बन्दका कारण सडकमा सार्वजनिक र निजी कुनै पनि गाडी चलेका छैनन् । यद्यपी प्रर्दशनकारीहरुले रुपन्देहीको तिलोत्तमा, सैनामैना, भैरहवा लगायतका विभिन्न ठाउँमा जम्मा भएर आन्दोलन गरेका छन् ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ आश्विन १८, आईतवार ०६:१० गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ आश्विन १८, आईतवार ०६:१० गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ आश्विन १८, आईतवार ०६:१० गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP