२०८१ बैशाख ६
April 18, 2024, Thursday

दुई लाख बढी नगदसहित काठमाडौं र कैलालीबाट १३ जुवाडे पक्राउ

दुई लाख बढी नगदसहित काठमाडौं र कैलालीबाट १३ जुवाडे पक्राउ

काठमाडौं,असोज १८
विभिन्न जिल्लाबाट तास खेलिरहेको अवस्थामा दुई लाख बढी नगदसहित १३ जुवाडे पक्राउ परेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका-९ हनुमानघाटस्थित संगीता श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ बस्ने २६ वर्षीय मनिष खतिवडा सहित ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

संगीताको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालीका(१३ राजपुरस्थित महाकाली फर्निचर उद्योगमा तास खलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१३ बस्ने ५० वर्षीय दिवाकर पाण्डे, ३४ वर्षीय पुष्कर दत्त पन्त, ३२ वर्षीय नरेश बोहरा, ५८ वर्षीय खिरुराम राना, ३० वर्षीय धिरज साउद, ४३ वर्षीय राम बहादुर साउद र ६३ वर्षीय कृष्णानन्द गिरी रहेका छन् ।

उक्त उद्योगमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६१ हजार ३ सय ३० रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

Related News

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
  • २०७७ आश्विन १८, आईतवार ०९:०७ गते

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार...

भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
  • २०७७ आश्विन १८, आईतवार ०९:०७ गते

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७७ आश्विन १८, आईतवार ०९:०७ गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

TOP