२०८१ बैशाख ८
April 20, 2024, Saturday

प्रदेश ५ राजधानी विवाद:तौलिहवामा रिले अनशन, कपिलवस्तुलाई राजधानी बनाउन माग

प्रदेश ५ राजधानी विवाद:तौलिहवामा रिले अनशन, कपिलवस्तुलाई राजधानी बनाउन माग

काठमाडौं,असोज १८
प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव भएसँगै विवाद सुरू भएको छ । प्रदेश ५, सत्तारूढ नेकपाले यसको समर्थन जनाएको छ भने प्रतिपक्षी कांग्रेस लगायतका दलले बुटवललाई राजधानी बनाउनुपर्ने माग गर्दै विरोध जनाएका छन् । यसैबिच कपिलवस्तुलाई राजधानी बनाउनु पर्ने भन्दै सदरमुकाम तौलिहवाको जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनशन सुरू गरिएको छ ।

बुद्धकालीन महत्व बोकेको सिद्धार्थ गौतमका बाबु शुद्धोधनको ऐतिहासिक राजधानी रहेको स्थान कपिलवस्तुलाई राजधानी बनाउनु पर्ने माग राख्दै त्यहाँका स्थानीय तथा समाजसेवी रउफ अहमद खा, सुदीप पौडेल, अशोक कुमार गुप्ता लगायत रिले अनशनमा बसेका हुन् । प्रदेशको नाम ‘बुद्ध प्रदेश’ र राजधानी कपिलवस्तु हुनुपर्ने उनीहरूको माग छ ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले शुक्रबार दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए ।

अहिले यसैको विवाद प्रदेशमा चर्किएको छ । शुक्रबार र शनिबार प्रदर्शन भएपछि बुटवलमा अहिले निषेधाज्ञा लगाइएको छ । प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्कन थालेपछि प्रशासनले निषेधाज्ञाको घोषणा गरेको हो । स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा लगाएको हो ।

शनिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना निकालेर आउँदो २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो । निषेधित क्षेत्रमा भीडभाड, सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन रोक लगाइएको छ । त्यस्तै, पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएर हिँडडुल गर्न पाइने छैन ।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७७ आश्विन १८, आईतवार ०५:३२ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७७ आश्विन १८, आईतवार ०५:३२ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७७ आश्विन १८, आईतवार ०५:३२ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

TOP