२०८१ श्रावण ९
July 24, 2024, Wednesday

खाद्य सामाग्री किन्दा होशियार , म्याद गुज्रेका सामाग्री यसरी बेचिदैंछ !

खाद्य सामाग्री किन्दा होशियार , म्याद गुज्रेका सामाग्री यसरी बेचिदैंछ !

काठमाडौं,असोज १९
कोभिड १९ अर्थात कोरोना भाइरसको कारण अघिकांश पसलहरु बन्द गरिएको थियो सबैठाउँमा लकडाउन गरिएको हुनाले सामान विक्रि- वितरण गर्न व्यसायिहरुले पाएका थिएनन् लकडाउन खुले लगत्तै विभिन्न ठाउँका होटल , किराना पसलहरु र अन्य खाद्य सामाग्री पसलहरु खुलेका छन् । केहि समय अगाडि काठमाडौं कलङ्कीमा म्याद सकिएका समाग्राीहरुलाई थप म्याद थपेर बेचेको पाइएको थियो, फेरी लगत्तै जिल्ला प्रशासन कार्यालय रोल्पाको अगुवाइमा सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.को नेतृत्वको टोलिले आइतबार लिबाङ बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा दैनिक उपभोग्य बस्तुहरु विक्री वितरण गर्ने पसलहरु, नास्ता-खाजा तथा मिठाइ पसलहरु, मदिरा बेचविखन गर्ने पसलहरुलाई मुख्य प्राथमिकतामा राखिएको थियो ।

अनुगमन टोलीले पसलहरुबाट म्याद गुज्रेका खाद्य सामाग्री जफत गरि आजै नष्ट गरेको छ भने मूल्यसूचि, विक्रिवील, खरिदवील र पसल दर्ता भएनभएको बारेमा ब्यवसायिहरुलाई सचेत गराएको छ ।

अनुगमनका क्रममा सदरमुकाम स्थिति घिमिरे किराना पसल, शिव किराना पसल, जय माँ दुर्गे मिठाई पसल, दीपा किराना पसल, प्रकाश किराना पसल, चोयबाङी किराना पसल, कालिका इन्टर प्राइजेज, नर्गिस खान स्टोर्स, अंकित मिठाइ तथा नास्ता पसल, दङ्गाली पसलबाट म्याद गुज्रिसकेर पनि विक्रि वितरणका लागि राखिएका सुजि, तेल, घिऊ, फ्रुटि, मदिरा लगायतका विभिन्न खाद्य पदार्थहरु जफत गरी नष्ट गरिएको थियो ।

बजार अनुगमनका संयोज सहायक प्रजिअ केसीले मानव स्वास्थ्यको खेलवाड गर्दै धन कमाउने नाममा मनोमानी ढंगबाट ब्यापार संचालन गर्नु कानून विपरित भएको बताउनु भयो । आगामी दिनमा यस किसिमको गल्ती नदोहोर्याउन उहाँले सम्पूर्ण व्यवसायिहरुलाई निर्देशन समेत दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाका अनुसार नियमित कार्यक्रम अन्तर्गत हिजो आइतबार लिबाङ अनुगमन गरिएको हो । कोरोना भाइरस कोभिड- १९ संक्रमणको त्रासका कारण केही समय अनुगमन रोकिएको भएपनि अबका दिनमा बजार अनुगमनलाई निरन्तरता दिइने छ । उहाँका अनुसार केहीदिन अघि बसेको बैठकको निर्णय अनुसार प्रत्येक २ महिनामा एक पटक बजार अनुगमन गर्ने निर्णय गरिएको भएतापनि आवसश्यकता अनुसार जुनसुकै समय र स्थानमा अनुगम बजार हुन सक्ने बताउनुभएको छ । “व्यापार व्यवसायिले गाउँतिर म्याद गुज्रेका सामाग्री पठाउने गरेका छन् भन्ने सुन्नमा आएको हुँदा यसतर्फ हाम्रो विशेष ध्यानाकर्षण गराएको उहाँले बताउनु भयो । ”

हिजो (आईतबार) भएको बजार अनुगमनमा कोष नियन्त्रक हेमन्तराज आचार्य, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक सन्तोष के.सी, सहायक प्रजिअ नवराज शर्मा दोरङ्गा, उद्योग अधिकृत तिलकराम वली, उद्योग बाणिज्य संघका उपाध्यक्ष केशवकुमार आचार्य, पत्रकार महासंघका प्रतिनिधि मिनराज रोका लगायतको उपस्थिति रहेको थियो ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ आश्विन १९, सोमबार ०८:४७ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ आश्विन १९, सोमबार ०८:४७ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ आश्विन १९, सोमबार ०८:४७ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP