काठमाडौ ,असोज १९
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार व्यहोरेको छ । गएराति १० खेलाडीमा सिमित युनाइटेडले टोटेनहमसँग ६-१ गोलको लज्जास्पद हार व्यहोरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युनाइटेडले फराकिलो हार व्यहोरेको हो । टोटनह्यामको जितमा सन हेंग मिन र ह्यारी केनले २-२ गोल गरेका थिए भने टांगुय एनडोमबेले र सेर्गी अयूरिएरले एक एक गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले एक गोल गरेका थिए ।
यस जितपछि टोटेनहम ४ खेलमा ७ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेड भने ३ खेलमा ३ अंकसहित १६ औं स्थानमा रहेको छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...