२०८० आश्विन १६
October 3, 2023, Tuesday

प्रदेश ५ राजधानी : दाङको पक्षमा मतदान गर्न नेकपा सांसदलाई ह्विप

प्रदेश ५ राजधानी : दाङको पक्षमा मतदान गर्न नेकपा सांसदलाई ह्विप

काठमाडौं,असोज १९
प्रदेश ५ को राजधानी दाङको भालुवाङको पक्षमा मतदान गर्न नेकपा सांसदहरूलाई ह्विप जारी गरिएको छ । आज सोमबार बिहान नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले दाङको पक्षमा मतदान गर्न आफ्नो सांसदहरुलाई ह्विप जारी गरेको हो । मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न भनिएको नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने र राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गरेको उनले बताए । अब केहीबेरमा प्रदेश सभाको बैठक बस्दै छ ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले शुक्रबार दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । सो प्रस्तावपछि बुटवलमा राजधानी राख्नुपर्ने भन्दै विरोध भइरहेको छ ।

Related News

फतुवा विजयपुर नगरपालिकाको आम जनता पार्टीको नगर अध्यक्षमा यादव सर्वसहमत
फतुवा विजयपुर नगरपालिकाको आम जनता पार्टीको नगर अध्यक्षमा यादव सर्वसहमत
  • २०७७ आश्विन १९, सोमबार ०७:५९ गते

असोज १६ गते पूर्व मन्त्री प्रभू साह नेतृत्वको आम जनता पार्टी (आजपा) रौतहटको फतुवा विजयपुर नगरपालिका कमिटीको अध्यक्षमा विजय यादव...

      लागु औषध चरेश जस्तो देखिने पदार्थ ५ के.जी. सहित २ जना व्यक्ति पक्राउ
      लागु औषध चरेश जस्तो देखिने पदार्थ ५ के.जी. सहित २ जना व्यक्ति पक्राउ
  • २०७७ आश्विन १९, सोमबार ०७:५९ गते

मिति २०८०।०६।१३ गते अं. १४:०० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं.१६ कालधारा स्थितमा प्रहरी बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले चेक...

सहकारी संस्थाबाट विभिन्न धनमाल चोरी
सहकारी संस्थाबाट विभिन्न धनमाल चोरी
  • २०७७ आश्विन १९, सोमबार ०७:५९ गते

मल्लरानी गाउँपालिका-३ सालठाटीस्थित लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी...

TOP