काठमाडौं,असोज १९
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छिन् । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशुलाई जन्म दिएकी हुन् ।
पाँच शिशुमध्ये एक शिशुको भने मृत्यु भएको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.कृतिपाल सुवेदीले जानकारी दिए । डा. सुवेदीका अनुसार एक जना शिशुको भने शल्यक्रिया अगावै मृत्यु भएको छ ।
चार शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य छ । डा.सुवेदीको नेतृत्वमा उनको डेलिभरी भएको हो । शल्यक्रियामा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन सहभागि थिए भने एनेस्थेसियामा डा.मुकेश कुमार थिए ।
४ शिशुमध्ये पहिलो शिशुको तौल १.८ किलोग्राम, दोस्रो ८ सय ग्राम, तेस्रो १.९ किलोग्राम चौथो १.६ ग्राम रहेको छ । चार शिशु छोरी हुन् भने मृत शिशु छोरा हुन् ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...