२०८० चैत्र १५
March 28, 2024, Thursday

प्रदेश ५ राजधानी : दाङको पक्षमा मतदान गर्न नेकपा सांसदलाई ह्विप

प्रदेश ५ राजधानी : दाङको पक्षमा मतदान गर्न नेकपा सांसदलाई ह्विप

काठमाडौं,असोज १९
प्रदेश ५ को राजधानी दाङको भालुवाङको पक्षमा मतदान गर्न नेकपा सांसदहरूलाई ह्विप जारी गरिएको छ । आज सोमबार बिहान नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले दाङको पक्षमा मतदान गर्न आफ्नो सांसदहरुलाई ह्विप जारी गरेको हो । मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न भनिएको नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने र राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गरेको उनले बताए । अब केहीबेरमा प्रदेश सभाको बैठक बस्दै छ ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले शुक्रबार दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । सो प्रस्तावपछि बुटवलमा राजधानी राख्नुपर्ने भन्दै विरोध भइरहेको छ ।

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ आश्विन १९, सोमबार ०७:५९ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७७ आश्विन १९, सोमबार ०७:५९ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७७ आश्विन १९, सोमबार ०७:५९ गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP