काठमाडौं,असोज २०
पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५१ संक्रमित थपिएका छन् । ११ हजार ४७ जनाको पीसीआर परीक्षण भएकोमा एक हजार ५५१ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार १७ जना रहेका छन् । काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ संक्रमित थपिएका हुन् । बाँकी संक्रमित अन्य जिल्लाका छन् ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टिनमा ४ हजार २२१ जना रहेका छन् । सक्रिय संक्रमित संख्या २२ हजार ७०९ रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३४० जना डिस्चार्ज भएका छन् । आइसीयूमा २४३ र भेन्टिलेटरमा ४० संक्रमित छन् ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...