काठमाडौं,असोज २०
सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । चन्द्रागिरी नगरपालिका-७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका-११ सालझण्डी घर भएकी ३१ वर्षीया सिता भुषाललाई आइतबार बेलुका महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा Dr.james sonar र James andy नामबाट साथी बनाएर विवाह गर्छु, सुनको सिक्री, आईफोन र २० हजार डलर गिफ्ट पठाएको छु भनि प्रलोभनमा पारी लाखौं रकम ठगी गरेको प्रहरीको आरोप छ ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...