२०८१ बैशाख ७
April 19, 2024, Friday

प्रदेश ५ को स्थायी राजधानी दाङ दुई तिहाई बढी मतले पारित

प्रदेश ५ को स्थायी राजधानी दाङ दुई तिहाई बढी मतले पारित

काठमाडौं,असोज २०
प्रदेश ५ ले राजधानी दाङको भालुवाङ तोकेको छ । प्रदेश सभाको आज ९मंगलबार० को बैठकले सर्वसम्मतमा प्रदेश ५ को राजधानी तोकेको हो । उपस्थित ८२ सांसदमध्ये सो प्रस्तावको पक्षमा ६९ सांसदले मतदान गरेका थिए भने विपक्षमा १३ सांसदले मतदान गरेका थिए । दुई तिहाई बहुमतबाट प्रदेशको राजधानी सर्वसम्मत पारित भएको सभामुखले घोषणा गरे ।

प्रदेशसभामा कानुनमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले गत शुक्रबार दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए ।

सो प्रस्तावमा आज छलफल चलेको थियो । मुख्यमन्त्री शंकर पोखरेलले विशेष समयमा बोल्दै राजधानी सर्यो भनेर चिन्ता नमान्न सबैमा आग्रह गरेका थिए । मुख्यमन्त्री पोखरेलले कुनै एक क्षेत्र विशेषमा केन्द्रित भए प्रदेश ५ को समग्र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै राजधानी दाङको भालुवाङ नै उत्तम रहेको दाबी गरे ।

बैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेशमा नेपालकै ठुलो चिडियाखाना, जिरसिंह रंगशाला बुटवलमा बनाउने प्रक्रिया अगाडी बढाइएको पनि जानकारी दिए । यस्तै नुवाकोटलाई केवलकारले जोड्ने तयारी गरिएको उनले योजना सुनाए ।

प्रस्तावको पक्षमा मतदान गर्न नेकपा सांसदले ह्वीप नै जारी गरेको थियो भने कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । कांग्रेसका दुई सांसद र जसपाका एक सांसदले संशोधन प्रस्ताव पेश गरेका थिए ।

Related News

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७७ आश्विन २०, मंगलवार १०:२४ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७७ आश्विन २०, मंगलवार १०:२४ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७७ आश्विन २०, मंगलवार १०:२४ गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

TOP