२०८० जेष्ठ २२
June 5, 2023, Monday

ढोरपाटनका बाढीपहिरो पीडितलाई सरकारको ६१ लाख राहत

ढोरपाटनका बाढीपहिरो पीडितलाई सरकारको ६१ लाख राहत

बलेवा,असोज २१
गत भदौ १७ गतेको बाढीपहिरामा परेर परिवारका सदस्य गुमाएका ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ । बाढीपहिरोले क्षति भएको एक महिनापछि मङ्गलबार मनत्रालयले जिल्ला प्रशासनमार्फत राहत उपलव्ध गराएको हो ।

बाढीपहिरामा परी मृत्यु भएका २२ र बेपत्ता १५ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले राहत रकम प्रदान गरेको हो । एक जना मात्रै मृतक रहेका परिवारलाई दुई लाख, एकभन्दा बढी मृतक वा बेपत्ता परिवारलाई प्रतिव्यक्ति÷बेपत्ता पहिलो मृतक वा बेपत्ताका परिवारलाई दुई लाखमा एक लाख थप गरेर तीन लाख उपलव्ध गराइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

त्यस्तै बाढीपहिराका कारण घरबास गुमाएका २० परिवारलाई तत्कालका लागि १५ हजारका दरले राहत वितरण गरिएको उनले बताए । ‘जसको घरबास सकियो, अन्य उपाय पनि छैन, उसलाई तत्कालका लागि समस्या समाधानका लागि १५ हजार दियौँ”, न्यौपानेले भने,‘निकै समस्या भएका परिवारले मात्रै यो रकम पाए, क्षति भएकालाई क्रमशः विधिसम्मत राहत उपलव्ध हुन्छ ।’

राहत रकम लिने सबैभन्दा धेरै बालबालिका छन् । बाढीपहिरोमा आफन्त गुमाएका २३ बालबालिकाले राहत पाएका छन् । उनीहरुको नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखामा खाता खोलेर रकम जम्मा गरिएको छ । ‘वयस्कहरुलाई नगद नै दियौँ, बालबालिकाको रकम दुरुपयोग नहोस् भनेर बैंकमा राखिदियौँ”, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र न्यौपानेले भने,‘बाल बचतमा रहेको उक्त रकम उनीहरुले वयस्क भएपछि प्रयोग गर्न सक्छन् ।’

बचतबाट आउने ब्याज रकमले उनीहरुको शिक्षामा सहयोग पुग्ने उनले बताए । पहिरोमा एकभन्दा धेरै सदस्य गुमाएका सात परिवार छन् । बाढीपहिरोले १२७ घर बगाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कनुसार बस्नै नमिल्ने गरी भत्केका सबैघरको सूची गृह मन्त्रालय पठाइएको छ । रासस

Related News

साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने
साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने
  • २०७७ आश्विन २१, बुधबार १०:१३ गते

 वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी...

झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
  • २०७७ आश्विन २१, बुधबार १०:१३ गते

 केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८...

काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
  • २०७७ आश्विन २१, बुधबार १०:१३ गते

काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...

TOP