काठमाडौं,असोज २१
प्रसिद्ध संगीतकर्मी एडी भान हालनको निधन भएको छ । बरिष्ठ गितारवादक तथा प्रसिद्ध रक ब्याण्ड भान हालनका संस्थापक एडीको ६५ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनका छोराले निधनको पुष्टि गरेको जनाएका छन् । डच-अमेरिकन संगीतकर्मी एडी घाँटीको क्यान्सरसँग लडिरहेका थिए । उनको ब्याण्ड भान हालन जम्प गीतका लागि विश्व चर्चित छ ।
सो गीत सन् १९८४ मा अमेरिकी चार्टमा शीर्ष स्थानमा पुगेको थियो । उनका छोरा वुल्फग्याङ्गले सामाजिक सञ्जालमा पिताप्रति सम्मान प्रकट गर्दै एडी उत्कृष्ट पिता रहेको बताएका छन् ।
भान हालनको मंगलबार क्यालिफोर्निया स्थित सेन्ट जोन्स हस्पिटलमा निधन भएको हो । उनको निधनका बेला परिवारका सदस्य उपस्थित रहेका थिए ।
एडी भ्यान हालनलाई १०० महान गिटार वादकहरुको विश्व सूचीमा आठौं नम्बरमा थिए । एजेन्सी
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...