काठमाडौं,असोज २२
विश्वमा कोरोना कहर घटेको छैन । त्यस्तै भारतमा पनि दैनिक ६० हजारभन्दा बढी संक्रमितहरु थपिइरहेका छन् । कोरोनाकै बिचमा बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘बेल बट्टम’को छायांकन सकियो । त्यस्तै अर्का अभिनेता सलमान खानको चलचित्र ‘राधे’को पनि छायांकन शुरू भएको छ ।
अभिनेत्री आलिया भट्टले पनि सञ्जय लीला भन्सालीको नयाँ चलचित्र ‘गंगूबाई काठियावाडी’ को छायांकन शुरू गरेकी छन् । यो चलचित्रको छायांकन जनवरीभित्र पूरा गर्ने तयारी गरिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार, अहिले सो चलचित्रको छायांकन मुम्बईको फिल्मसिटीमा भइरहेको छ । सो चलचित्रको छायांकन भने रातको समयमा भइरहेको छ ।
सबै कलाकारहरु ट्राफिकहरुबाट बच्नको लागि साँझ परेपछि सेटमा आउँछन् । रातभरी छायांकन गरेर विहान घर फर्किन्छन् । आलिया पनि रातको छायांकनको लागि राजी भएकी छन् ।
सन् १९६० को दशकमा मुबईंको कमाठीपुरामा एउटा वेश्यालय चलाउने गंगूबाईको जीवनीमा उक्त चलचित्र बन्न लागेको हो । आलिया यो चलचित्रमा फरक भूमिकामा देखिँदै छन् ।
आलियाले निर्देशक सञ्जयसँग पहिलो पटक काम गर्न लागेकी हुन् । (एजेन्सी)
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको कार्यालयका एक...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...