२०८० आश्विन १४
October 1, 2023, Sunday

चलचित्र ‘सेल्फी किङ’ ट्रेन्डिङ २ मा

चलचित्र ‘सेल्फी किङ’ ट्रेन्डिङ २ मा

काठमाडौं,असोज २२
गत वर्षको माघमा रिलिज भएको चलचित्र ‘सेल्फी किङ’ अहिले ओएसआर डिजिटलको अफिसीयल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । चलचित्रमा भर्सटायल अभिनेता विपीन कार्की मुख्य भूमिकामा रहेका छन् । विपिनसँगै लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, जीवन भट्टराई आदि कलाकारले पनि मुख्य भूमिका नै निर्वाह गरेका छन् ।

आज भन्दा ६ दिन अगाडि युट्युबमा सार्वजनिक गरिएको चलचित्र अहिले युट्युबको ट्रेन्डिङ नम्बर २ मा पर्न सफल भएको छ । अहिलेसम्म यो चलचित्रले १३ लाख भ्यूज पाइसकेको छ ।

चलचित्रमा विपीन लोकप्रिय हाँस्यकलाकार गोपालको भूमिकामा छन् । विशाल सापकोटाको लेखन र निर्देशन रहेको सो चलचित्रमा दिनेश राउत र सुभाष थापाको लगानि रहेको छ ।

हलमा दर्शकले त्यती नरुचाएको चलचित्र अहिले युट्युबमा भने दर्शकले निकै नै रुचाएका छन् । हलबाट सुस्खद व्यापार र राम्रो प्रतिक्रिया समेत नपाएको चलचित्रले अहिले भने राम्रो प्रतिक्रिया पाइरहेको छ ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ आश्विन २२, बिहीबार ०६:२७ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

अभिनेता अनमोल केसी पक्राउ
अभिनेता अनमोल केसी पक्राउ
  • २०७७ आश्विन २२, बिहीबार ०६:२७ गते

अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको कार्यालयका एक...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ आश्विन २२, बिहीबार ०६:२७ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

TOP