२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

ट्रम्प भन्छन्- ‘चीनको कारण मलाई कोरोना भयो,चीनले भोग्नेछ’

ट्रम्प भन्छन्- ‘चीनको कारण मलाई कोरोना भयो,चीनले भोग्नेछ’

काठमाडौं,असोज २२

कोरोना भाइरस (कोभिड -१९) संक्रमणका कारण चार दिनको अस्पताल बसाइँपछि ट्रम्प ह्वाइट हाउस फर्किसकेका छन् । अस्पतालबाट फर्किएपछि उनले एक भिडियो सन्देश जारी गरी आफ्नो स्वास्थ्य अवस्थबारे जानकारी दिए । भिडियोमा राष्ट्रपति ट्रम्प विना मास्क देखिएका थिए ।

करिब पाँच मिनेटको भिडियो सन्देशमा उनले भने, ‘मलाई कोरोना संक्रमण हुनु ईश्वरको आर्शिवाद जस्तो लाग्छ । अहिले म स्वस्थ छु । म चाहन्छु कि हरेक अमेरिकी नागरिकलाई त्यस्तो उपचार मिलोस् जुन राष्ट्रपतिलाई मिल्छ ।’

भिडियोमा ट्रम्पले चीनको आलोचना गर्न भने छोडेनन् । उनले भने, ‘मलाई चिनिया भाइरसको संक्रमण भयो, यसमा तपाईँको गल्ती छैन । यो चीनको गल्ती हो । र चीनले यसको सजाय भोग्नेछ । चीनले यस देशको साथ जे गर्यो, उसले यसको मूल्य चुकाउनुपर्नेछ ।’ एजेन्सी

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ आश्विन २२, बिहीबार ०५:२८ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ आश्विन २२, बिहीबार ०५:२८ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ आश्विन २२, बिहीबार ०५:२८ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP