काठमाडौं,असोज २२
नायक तथा निर्देशक निश्चल बस्नेतले नयाँ चलचित्र ‘जिन्दावाद’ गर्ने भएका छन् । यो भन्दा पहिले निश्चलले लूट, टलकजंग भर्सेस टुल्के, लूट टूजस्ता चलचित्र निर्देशन गरिसकेका छन् । निश्चलले निर्देशन गरेको चलचित्र लूटले राम्रो व्यापारसमेत गरेको थियो । त्यसपछिका चलचित्र व्यापारकै मामिलामा भने केही चुकेका छन् ।
निश्चलले अभिनय र निर्देशन मात्रै नभएर गायनलाई पनि उत्तिकै न्याय गर्न सक्छन् । उनले केही चलचित्रका गीतहरुमा आवाजसमेत दिएका छन् । उनले निर्देशन गरेको चलचित्र लूट टू फ्लप भएपछि ‘प्रसाद, घामड शेरे’जस्ता चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेका छन् ।
यो चलचित्रको नाम चलचित्र विकास बोर्डमा समेत दर्ता भइसकेको बुझिएको छ । लभस्टोरी -कमेडी जनरामा निर्माण हुन लागेको उक्त चलचित्रमा कलाकारहरु दयाहाङ राई, सौगात मल्ललगायतको अभिनय रहने बुझिएको छ ।
चलचित्रमा नायिकाको भूमिकामा भने स्वस्तिमा खड्काको नाम चर्चामा रहेको छ ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...