काठमाडौं,असोज २२
अभिनेत्री ऋचा शर्माले आजभोली आफू नारी भएको कारण लाज लाग्न थालेको र डर लाग्न थालेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । ऋचाले बिहिबार सामाजिक सञ्जाल फेशबुकमा आफ्नो भोली छोरी जन्मिन्छ कि भन्ने डर लाग्न थालेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
ऋचाले लेखेकी छिन् –‘आदरणीय प्रधानमन्त्रीज्यू, एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैँलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ । ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ । मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसँकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ ।’
ऋचा अगाडि लेख्छिन् –‘दिनहुँ स–साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैँलाई लाज लाग्न थालेको छ । जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कारजस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौँ झै लाग्छ । हामी टेक्नोलोजीले चाँिह विकसित भयौँ तर अफसोच सोचले अझै पिछडिएका छौँ । यहाँ बालिकाहरुलाई खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ ।’
ऋचाले प्रश्न गरेकी छन्, ‘जनताको नभए पनि एक पटक आफ्नो छोरी–नातिनीको आँखामा आँखा जुधाई भन्नुहोस् यो देशमा नारिहरु सुरक्षित छन ? ’ सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज आफ्ना पैताला डगमगाउँन थालेको ऋचा बताउँछिन् ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...