काठमाडौं,असोज २२
नयाँ अनुसन्धानबाट कोरोना भाइरस (कोभिड -१९) मानिसको छालामा ९ घण्टासम्म बाँच्न सक्ने तथ्य पत्ता लागेको छ । जापानमा गरिएको एक अध्ययनमा सो तथ्य पत्ता लागेको हो ।
जापानका क्योटो प्रिफेक्चुरल युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा पत्ता लागेको तथ्य अनुसार कोरोना सार्स-कोभ-२० मानिसको छालामा ९ घण्टासम्म बाँच्न सक्ने पाइएको हो । फ्लु गराउने इन्फ्लुएन्जा भाइरस भने छालामा २ घण्टा जति मात्रै जीविति रहन सक्छ ।
तर यी दुवै भाइरस साबुनपानीले धुँदा वा सेनिटाइजर लगाउँदा निष्क्रिय हुन्छन् । यो अध्ययनले कोरोनाबाट बच्न साबुनपानीले मिचीमिची हात धुनु तथा सेनिटाइजर लगाउनुको महत्वलाई पुनः पुष्टि गरेको छ ।
८० प्रतिशत इथानोल भएको सेनिटाइजर प्रयोग गर्दा उल्लिखित दुवै भाइरस १५ सेकेन्डमै निष्क्रिय भएको पनि पाइएको अनुसन्धानकर्ताले बताएका छन् । हात सफा राख्ने हो भने संक्रमणको जोखिम कम हुने अनुसन्धानकर्ताको भनाइ छ ।
यसअघि अमेरिकामा गरिएको अध्ययनले कोरोना तामामा ४ घण्टा, कागजको बोर्डमा २४ घण्टा तथा प्लास्टिक र स्टेनलेस स्टिलमा ७२ घण्टासम्म बाँच्न सक्ने देखाएको थियो ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...