२०७९ चैत्र १८
April 1, 2023, Saturday

कतार विश्वकपमा मेसी प्रेरित अर्जेन्टिनाको विजयी शुरुवात

कतार विश्वकपमा मेसी प्रेरित अर्जेन्टिनाको विजयी शुरुवात

काठमाडौं,असोज २३
कतार विश्वकप २०२२ को छनौट चरणको खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले विजयी शुरुवात गरेको छ । स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा इक्वेटरसँग पहिलो खेलमा भिडेको अर्जेन्टिनाका लागि एक मात्र गोल कप्तान मेसीले गरे । खेलमा पहिलो हाफको १२ औं मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गरेका थिए ।

मेसी अर्जेन्टिनाका लागि लामो समयपछि टोलीमा फर्किएका हुन् ।यता कतार विश्वकपकै दक्षिण अमेरिकी छनौट चरणको अर्को खेलमा उरुग्वे विजयी भएको छ । चिलीसँगको छनौट खेलमा उरुग्वेले २-१ को रोमान्चक जीत हासिल गरेको हो । विजयी उरुग्वेका लागि ३९ मिनेटमा लुइस स्वारेज र इन्जुरी टाइममा म्याक्सी गोमेजले गोल गरे ।

यस अघि चिलीका लागि एलेक्सिस साञ्चेजले ५४ औं मिनेटमा गोल गरेका थिए ।अर्जेन्टिनाले अब ५ दिनपछि बोलिभियाको भ्रमण गर्नेछ । सोही दिन इक्वेडरले उरुग्वेसंग प्रतिस्पर्धा गर्नेछ । सन् २०१८ को विश्वकपका लागि अर्जेन्टिना तेस्रो स्थानमा रहदै छनोट भएको थियो । अर्जेन्टिना भन्दा अघि ब्राजिल र उरुग्वे रहेका थिए ।

Related News

आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत
आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत
  • २०७७ आश्विन २३, शुक्रबार ०६:१४ गते

एजेन्सी, साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित...

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७७ आश्विन २३, शुक्रबार ०६:१४ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७७ आश्विन २३, शुक्रबार ०६:१४ गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

TOP