२०७९ चैत्र ९
March 23, 2023, Thursday

कोरोना संक्रमण दर उच्च, सरकारी प्रयास फिक्का

कोरोना संक्रमण दर उच्च, सरकारी प्रयास फिक्का

काठमाडौं,असोज २३

पछिल्लो साता काठमाडौं उपत्यकामा ११ हजार १ सय ८६ सहित देशभर १८ हजार ८ सय ८९ कोरोना संक्रमित थपिए । यो तथ्यांकका आधारमा उपत्यकाको अवस्था भयावह हुने आँकलन गर्न थालिएको छ । कोरोना संक्रमणकै कारण पछिल्लो एक सातामा ८१ जनाले ज्यान गुमाए । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ भने ५ सय ९० जनाले ज्यान गुमाइसकेका छन् । कोरोना पोजेटिभको कुल संख्या एक लाखनजिकै पुगेको छ ।

‘नेपालमा कोरोना सामान्य रहन्छ, तातोपानी र बेसारले यसलाई सहजै पराजित गछर्’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तर्क र त्यस तर्कलाई समर्थन गर्दै होमा हो जोड्नेको दाबीलाई माथिको तथ्यांकले सोझै खण्डन मात्रै गर्दैन, स्थिति थप भयावह बन्दै गएको संकेत पनि गर्छ । जनस्वास्थ्य विज्ञ तथा सरकारी अधिकारीहरूको मूल्यांकनले पनि कोरोना कहर अझै भयाभव हुने देखाउँछ । प्रधानमन्त्रीलगायत सरकारी तथा जिम्मेवार तहमा बसेकाहरूले नै कोरोनालाई सामान्य रूपमा अथ्र्याएपछि सर्वसाधारणले पनि यसलाई निकै सामान्य ढंगले लिइरहेका छन् । परिणाम कोरोना नियन्त्रणभन्दा बाहिर जाने अवस्था सिर्जना हुन थालेको छ ।

स्वास्थ्य मन्त्रालयकै अधिकारीहरूले अब सरकारी प्रयासले मात्र कोरोना नियन्त्रण सम्भव नहुने बताउन थालेका छन् । ‘जनता आफैं सचेत नभए अवस्था नियन्त्रणबाहिर जान सक्छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा। समीर अधिकारी भन्छन्, ‘कोरोना नियन्त्रण र रोकथाम स्वास्थ्य संस्थाहरूले मात्र पार लगाउन सम्भव छैन, सबैको भूमिका र व्यवहारमा परिवर्तन आवश्यक छ तर अहिलेसम्म त्यस्तो देखिएको छैन,’ उनले भने ।

जनस्वास्थ्यविद्हरू पनि कोरोना संक्रमणको दरले सरकारको प्रयासलाई फिक्का बनाइदिएको बताउँछन् । स्वयं स्वास्थ्य मन्त्रालयका अधिकारीहरू पनि यस कुरामा सहमत छन् । ‘सरकारले क्षमताअनुसार काम गरिरहेको छ तर संक्रमण दर हेर्दा हाम्रो प्रयास धेरै पछि परिसकेको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

Related News

विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
  • २०७७ आश्विन २३, शुक्रबार ०५:४७ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...

दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
  • २०७७ आश्विन २३, शुक्रबार ०५:४७ गते

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
  • २०७७ आश्विन २३, शुक्रबार ०५:४७ गते

हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...

TOP