काठमाडौं,असोज ३
विगत २६ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य थप जटिल बनेको छ । ६ बुँदे माग राखेर गत २९ भदौदेखि अनशन शुरु गरेका डा. केसीको श्वासप्रश्वासमा समस्या देखिएको हो ।
डा. केसीको स्वास्थ्य अवस्था निगरानी गरिरहेको त्रिवि शिक्षण अस्पतालको टोलीले स्वासप्रश्वासमा थप कठिनाइ भएको जानकारी दिएको हो ।
यस्तै टोलीले डा. केसीको शरीरमा अक्सिजनको मात्रा घटेको बताएको छ । मेडिकल टोलीले जाँच गर्दा न्युमोनिया हुन सक्ने लक्षण देखिएको अस्पतालले जानकारी दिएको छ ।
डा. केसीकी सहयोगी डा. तोषिमा कार्कीका अनुसार डा. केसीको छातीको सिटी स्क्यान गर्नुपर्ने आवश्यक भएको छ । उनका अनुसार डा. केसीको स्वास्थ्य दिनप्रतिदिनु नाजुक बन्दै गइरहेको छ ।
यता डा। केसीको अनशन २५ दिन पुगेपछि वार्ता गर्न सहमत भएको सरकारी पक्षले भने अटेर गरेको आरोप लागेको छ । हिजो अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको दुई पक्षीय वार्ता निष्कर्षबिहीन टुङ्गिएको थियो ।
अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको दुई पक्षीय वार्ता निष्कर्षबिहीन टुङ्गिएको थियो ।
-डा. केसी र सरकारबीच आज पनि वार्ता, सहमति जुटे आजै अनशन तोडिने
-‘केसी रहरले बिहे नगरी जोगी बनेका हैनन्, उनमा बिपरीत लिङ्गी आकर्षण थिएन’
-डा. केसीको अनशनलाई कसरी हेर्ने ?, आठ प्रश्न
उक्त वार्तालाई आज निरन्तरता दिइने भनिएपनि अझैसम्म समय तय भइसकेको छैन । डा.केसीका सहयोगी प्रितम सुवेदीले भने अनुसार सरकार वार्ताको लागि तत्पर देखिएको छैन ।
यस्तै डा.केसीका वार्ता टोलीमा रहेका ओमप्रकाश अर्यालले हिजो एकखालको सहमति गरेर थप छलफलपछि आज गर्ने भनिए पनि अहिलेसम्म वार्ता शुरु हुन नसकेको बताउँछन् ।
हिजोको वार्ताबाट बनेको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पुगिसकेको र उक्त मस्यौदा पुनः आएपछि वार्ता गरिने बताइएको छ । यद्यपि पनि उक्त मस्यौदा अहिलेसम्म आइनसकेको डा.केसी पक्षका प्रतिनिधिहरुको भनाइ छ ।
अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको दुई पक्षीय वार्ता निष्कर्षबिहीन टुङ्गिएको थियो ।
काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...
जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...