काठमाडौँ,असोज २३
सुनचाँदीको मूल्य आज बढेको छ । सुन प्रतितोला ९ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९५ रुपियाँ निर्धारण गरिएको छ ।
हिजो छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ८० रुपियाँमा किनबेच भएको थियो
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...