२०७९ चैत्र १९
April 2, 2023, Sunday

अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको नतिजा सार्वजनिक

अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको नतिजा सार्वजनिक

काठमाडौँ,असोज २४
नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासोले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।

चित्रकलातर्फ किड्स लर्निङ स्कूल, काठमाडौँकी कक्षा ८ मा अध्ययनरत छात्रा सुश्री रीना चौधरी पहिलो, बूढानीलकण्ठ स्कूल, काठमाडौँमा कक्षा ८ मा अध्ययनरत सुश्री नीति पछाईँले दोस्रो तथा न्यू होराइजन सेकेन्डरी स्कूल बेनी म्याग्दीमा कक्षा ६ मा अध्ययनरत प्रदीप रेग्मीले तेस्रो स्थान हसिल गरेका छन् । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुयभयो ।

वक्तृत्वकलातर्फ केफ सेकेन्डरी स्कूल पोखराका सौगत गौतम पहिलो, ट्रिनिटी इन्टरनेशनल स्कूल काठमाडौँका रोहन भट्टराई दोस्रो तथा लिटल एञ्जेल्स स्कूलकी सुश्री रोमिया वैद्यले तेस्रो स्थान हासिल गरेका छन् । ती विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमशः नगद रु १० हजार रु पाँच हजार तथा रु तीन हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिने उहाँले सुनाउनुभयो ।

प्रतियोगितामा सातै प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीले आफ्ना प्रस्तुति तथा चित्रकला सोसाइटीको वेइभसाइटमार्फत पठाएका थिए । चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए । दोस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए ।रासस

Related News

राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
  • २०७७ आश्विन २४, शनिबार १०:२९ गते

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको...

नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ आश्विन २४, शनिबार १०:२९ गते

काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...

इन्धनको मूल्य घटाएर पठायो आईओसीले
इन्धनको मूल्य घटाएर पठायो आईओसीले
  • २०७७ आश्विन २४, शनिबार १०:२९ गते

काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...

TOP