एजेन्सी,असोज २४
२०२२ मा कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा फराकिलो जित दर्ता गरेको छ । ब्राजिलले घरेलु मैदानमा बोलोभियालाई ५-० को जित दर्ता गर्दा रोबर्टो फिर्मिनोले २ गोल गर्दा फिलिपे कोउटिन्हो र मार्किन्हसले १-१ गोल गरे । ब्राजिलले एक गोल भने उपहारमा पायो ।
बोलोभियासँगको खेलको १६ औं मिनेटमा ब्राजिलले अग्रता लिएको थियो । डिफेन्डर ड्यानीलोको क्रसमा मार्किन्हसले हेडरमार्फत गोल गरे । ३० औं मिनेटमा फिर्मिनोले अग्रता दोब्बर पारे । नेयमार र रेनान लोडीले पेनाल्टी क्षेत्रभित्र वन-टु पास खेलेपछि लोडीले दिएको लो क्रसलाई फिर्मिनोले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरेका थिए ।
दोस्रो हाफको सुरुवातमै ४८ औं मिनेटमा नेयमारको क्रसमा फिर्मिनोको प्रहार गोलरक्षकको खुट्टा मुनिबाट छिर्दै गोलमा परिणत भएको थियो । ६६ औं मिनेटमा ब्राजिलले ४-० को अग्रता लिनेक्रममा फिलिपे कोउटिन्होको क्रस पेनाल्टी क्षेत्रभित्र रहेका बोलिभियाको डिफेन्डर जोसे मारिया करास्कोको पेटमा लाग्दै गोल भएको थियो । ७३ औं मिनेटमा कोउटिन्होले गोल गर्दै ५ गोलको अग्रता दिलाए । उनले नेयमारको क्रसलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए । ७८ औं मिनेटमा नेयमारले गोल गरेपनि रेफ्रीले अफसाइड भन्दै उक्त गोललाई मान्यता दिएनन् ।
त्यसको केहि मिनेटमा नै नेयमारले गरेको फ्रिकिक प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । इन्ज्युरी समयमा नेयमारको फ्रिकिकलाई गोलरक्षकले सानदार बचाउ गरेका थिए ।
दक्षिण अमेरिकी छनोटमा पहिलो चरणको खेल समापन हुँदा ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा छ । ब्राजिलसँगै कोलम्बिया, उरुग्वे र अर्जेन्टिनाले पनि आ(आफ्नो खेलमा जित दर्ता गरेका छन् । गोल अन्तरको आधारमा ब्राजिल अगाडी रहेको छ । आज भएको पहिलो खेलमा कोलम्बियाले भेनेजुएलालाई हराएको थियो ।
छनोटको दोस्रो चरणमा बोलिभियाले अर्जेन्टिनाको सामना गर्दैछ । मंगलबार हुने खेलमा इक्वेडर र उरुग्वे तथा भेनेजुएला र पाराग्वे खेल्नेछन् । पेरुले ब्राजिलको सामना गर्दै चिली र कोलोम्बियाबीच प्रतिस्पर्धा हुनेछ । छनोटको अन्त्यमा शीर्ष ४ मा रहने टोली सिधै विश्वकपमा खेल्नेछन् भने पाँचौ टोलीले प्लेअफ खेल्नेछ ।
कैलाली, छैठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लवले जितेको छ । कैलालीको धनगढीस्थित क्षेत्रीय रङ्गशालाको...
एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ । घरेलु मैदान लखनउमा भएको...
बारा, सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा १० खेलाडीमा सीमित हिमालयन शेर्पालाई २–०...