काठमाडौं,असोज २४
डा. गोविन्द केसीको तर्फबाट गठित वार्ता टोलीले सरकारले डा. केसीको ज्यानै लिने नियत राखेको ठहर गरेको छ । टोलीले सरकारले वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर अनशनरत डा। केसीको ज्यानै लिने नियत राखेको आरोप लगाएको हो ।
गत बिहीबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दुई पक्षबीचको छलफलपछि बनेको मस्यौदालाई शुक्रबार व्यापक परिवर्तन गरी ल्याइएको टोलीको निष्कर्ष छ ।
विज्ञप्तिमा भनिएको छ, ‘तर, असोज २३ गते राज्यको राजनीतिक नेतृत्व पक्षले उक्त समझदारीबाट पछि हट्दै प्रक्रियागत कुरामा मात्र नभई सारभुत विषयमा फरक कुरा समेट्न प्रयास गर्यो । त्यस क्रममा अनौपचारिक पहलमार्फत् डा। केसी केही बुँदामा थप लचिलोसमेत हुनुभयो र सरकार पक्षले वार्ता समझदारीमा टुंगिने आश्वासन दियो । तर असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा.केसीको ज्यानै लिने नियत समेत उदाङ्गो भयो ।’
टोलीका संयोजक डा। जीवन क्षेत्रीद्वारा जारी विज्ञप्तिमा मुलुकभर दबाबमूलक कार्यक्रम जारी राख्नसमेत अपिल गरेको छ । यस्तै आजै १२ बजे काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन हुनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...
जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...