२०७९ चैत्र १९
April 2, 2023, Sunday

धमाधम सेवा अवरुद्ध

धमाधम सेवा अवरुद्ध

महेन्द्रनगर,असोज २४
कञ्चनपुरका पालिका सहित सरकारी कार्यालयमा सेवारत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि धमाधम कार्यालयका सेवा अवरुद्ध हुन थालेका छन् । बेलौरी नगरपालिकामा कार्यरत तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिका एक साताका लागि सिल गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले भन्नुभयो, “आगामी बिहीबारसम्म स्वास्थ्य सुरक्षा अपनाउन सिल गरिएको हो । कर्मचारीलाई नै कोरोना देखिएपछि सेवा दिन सक्ने अवस्था हुँदैन ।” नगरपालिकाले सङ्क्रमितको सम्पर्कमा आएका अन्य कर्मचारीको समेत कोरोना परीक्षण गर्ने जनाएको छ ।

त्यसैगरी दुई दिनदेखि महेन्द्रनगरस्थित आन्तरिक राजश्व कार्यालयले सम्पूर्ण सेवा बन्द गरेको छ । राजश्व कार्यालयमा एक पुरुष कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयले सेवा बन्द गरेको हो । कार्यालयमा कार्यरत अन्य १७ कर्मचारीको समेत स्वाब सङ्कलन गरिएको र सो नतिजाका आधारमा सेवा सञ्चालन गरिने राजश्व कार्यालयले जनाएको छ । यहाँको दक्षिण क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएको छ ।

दुई दिनअघि कर्मचारीमा कोरोना देखिएपछि अतिआवश्यकबाहेकका सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । अत्यावश्यक सेवा लिनका लागि स्वास्थ्यका मापदण्ड पालना गरी सेवा लिन सकिने नगरपालिकाबाट जारी सूचनामा भनिएको छ । त्यसैगरी यहाँको महाकाली अस्पतालमा आइसीयूमा उपचाररत बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि केही दिनयता आइसीयू सेवा अवरुद्ध छ । शुक्रबार अस्पतालका केही कर्मचारीमा समेत कोरोना पुष्टि भएकोे छ । रासस

Related News

राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
  • २०७७ आश्विन २४, शनिबार ०८:४७ गते

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको...

नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ आश्विन २४, शनिबार ०८:४७ गते

काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...

इन्धनको मूल्य घटाएर पठायो आईओसीले
इन्धनको मूल्य घटाएर पठायो आईओसीले
  • २०७७ आश्विन २४, शनिबार ०८:४७ गते

काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...

TOP