२०८० आश्विन १२
September 29, 2023, Friday

रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने

रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने

काठमाडौं,असोज २४
रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्स फन’ हुने भएको छ । नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी आइतबार देखि एक साता सम्म चल्ने सो टेस्ट राइड विहान १० देखि बेलुकी ५ बजे सम्म गर्न सकिने छ । सो अवसरमा गाइड मार्सलहरुको सहयोगमा ट्रायल ट्रयाकमा बाइक गुडाउन सकिने छ । टेस्ट राइड गर्ने राइडरहरुलाई रोयल इन्फिल्डको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएको छ ।

रोयल इन्फिल्डका दुई प्रिमियम बाइक हिमालयन र इन्टरसेप्टरको राइड अनुभव लिन पाउँदा राइडरहरु निकै नै खुसी हुने अपेक्षा गरेको कम्पनीको भनाइ छ ।

हिमालयनमा ४११ सिसीको सिंगल सिलिन्डर एयर–कुल्ड एसओएचसी इन्जिन छ । यसले २४।५ पीएस पावर र ३२ एनएम टर्क प्रदान गर्छ ।

हिमालयन साधारण र दमदार लुक भएको बाइक हो, जसको ड्यासबोर्डमा मोडर्न टच रहेको छ । स्पिडोमिटर, ट्रिपमिटर, फ्युल गेज, डायरेक्सनल कम्पस र अन्य जरुरी इन्फर्मेसन एनालग डायल र डिजिटल डिस्प्लेमा देख्न सकिन्छ । सो बाइकमा हेलोजन हेडल्याम्प उपलब्ध छ ।

इन्टरसेप्टर बाइकमा ६४८ सीसी, एयर कुल्ड, एसओएचसी, फ्युल इन्जेक्टेड प्यारालल ट्विन मोटर इन्जिनको प्रयोग गरिएको छ । यसले ४७ बीएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्छ ।

बाइकमा ६ स्पिडको गियरबक्स र स्लिप असिस्ट क्लच समावेश गरिएको छ । बाइकको अधिकतम गति १६३ किलोमिटर प्रतिघण्टा रहेको छ । सो बाइक रोयल इन्फिल्डको अहिलेसम्मको सबैभन्दा तीव्र गतिको बाइक हो ।

यी दुई बाइकको मूल्य क्रमशः ८ लाख ९८ हजार र १२ लाख ४९ हजार रुपैयाँ छ । कम्पनीले सामाजिक सञ्जालमार्फत आयोजना गरेको ‘नो योर इन्फिल्ड’ विजेताको घोषणा समेत सोही अवसरमा फेसबुक लाइभमार्फत गर्ने बताएको छ ।

Related News

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ आश्विन २४, शनिबार ०७:११ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
  • २०७७ आश्विन २४, शनिबार ०७:११ गते

डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर केही दिनयता...

एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन च्यासलमा हुने
एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन च्यासलमा हुने
  • २०७७ आश्विन २४, शनिबार ०७:११ गते

पार्टी मुख्यालय च्यासलमा नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन हुने भएको छ । एमालेका नेता, कार्यकर्ता र प्रतिनिधिहरू पार्टी कार्यालयमा...

TOP