काठमाडौं,असोज २५
बलिउड अभिनेत्री दीपिका पादुकोण अमिताभ बच्चनसँग चलचित्र खेल्ने भएकी छन् । निर्देशक नाग आश्विनको निर्देशन रहने तेलेगु चलचित्रमा दीपिका र अभिनेता प्रभाष यसअघि नै अनुबन्धित भैसकेका थिए । शुक्रबार अमिताभ पनि उक्त चलचित्रमा देखिने घोषणा भएको छ ।
चलचित्र निर्माता कम्पनी व्याजयन्ती मुभिजको आधिकारिक ट्विटरमा उल्लेख छ, ‘करोडौंको मुटुमा रहेका अमिताभ बच्चनलाई हामी चलचित्रमा स्वागत गर्छौँ । हाम्रो यात्रा अझै बृहत् बन्दै छ ।’ चलचित्र निर्माण कम्पनी व्याजयन्तीको स्वर्ण वर्षगाँठ पूरा भएको उपलक्ष्यमा उक्त घोषणा भएको जनाइएको छ ।
त्यसैगरी अमिताभले ट्विट गर्दै एक ऐतिहासिक भेन्चरमा सहभागी हुन पाएकोमा खुसी समेत व्यक्त गरेका छन् । अमिताभ हाल सोनी च्यानलको ‘कौन बनेगा करोडपति’ कार्यक्रममा व्यस्त छन् । निर्देशक आश्विनका अनुसार चलचित्र सन् २०२१ को अन्त्यसम्ममा सार्वजनिक हुनेछ । एजेन्सीको सहयोगमा
काठमाडौ, नेफ्टा अवार्ड आयोजनाका लागि फेम नेपाल प्रालि र ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले सम्झौता गरेका छन् । सम्झौता अनुसार काउन्सिलले...
काठमाडौं, दुई दिने नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि...
काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...