सोलुखुम्बु,असोज २५
दुधकोशी खोलाले बगाएर कमेरो माटो खन्न गएका युवक बेपत्ता भएका छन् । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार श्रीमतीसँगै घर लिप्ने कमेरो माटो खन्न गएका घिमिरेलाई शनिबार बिहान खोलाले बगाएको हो । माटो खनीसकेर भारीसमेत मिलाइसकेका घिमिरेले श्रीमतीलाई पानी पिउन मन लागेको भन्दै ज्याकेट र मोवाइल दिएर दुधकोशीमा गएका थिए ।
पानी पिएपछि पौडन नदीमा पसेपछि नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यता थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीम नवजात शिशुको बेवारिसे शव भेटिएको छ । सालनालसहित कुहिसकेको अवस्थामा नवजात शिशु छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुको शवपरीक्षण लागि जिल्ला अस्पताल फाप्लु ल्याएको सोलुखुम्बु प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुशन्धान भइरहेको बताइएको छ । (रासस)
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...