काठमाडौं,असोज २५
युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा स्पेनले स्वीट्जरल्यान्डमाथि जित निकालेको छ । स्पेनले घरेलु मैदानमा स्वीट्जरल्यान्डलाई १-० ले हराएको हो ।
स्पेनको जितमा खेलको १४औ मिनेटमा मिकेल ओयारजाबालले खेलको एक मात्र गोल गरेका थिए । यो जितपछि स्पेन नेसन्स लिगको समूह ४ मा शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा ७ अंकसहित स्पेन शीर्ष स्थानमा रहेको हो । स्वीट्जरल्याण्डको भने ३ खेलमा केवल एक अंक रहेको छ ।
त्यस्तै गएराती नै भएको खेलमा जर्मनीले युक्रेनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । जर्मनीको जितमा माथिआस जिन्टर र लेओन गोरेटज्काले एक एक गोल गरेका थिए । युक्रेनका रुस्लान मालिनोभ्स्कीले एक गोल फर्काएका थिए ।
यो जितपछि समुह ४ मै रहेको जर्मनीको ३ खेलमा ५ अंक भएको छ भने युक्रेनको ३ खेलमा ३ अंक रहेको छ । अब नेसन्स लिग अन्तर्गत जर्मनीले आगामी बुधबार राति स्वीट्जरल्याण्डसँग खेल्दैछ भने स्पेनले युक्रेनसँग खेल्दैछ ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...