काठमाडौं,असोज २६
इटहरीका केही क्षेत्रलाई रेड जोनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारि सहितको हिजो (आइतबार) बसेको बैठकले इटहरी चौक क्षेत्र, वडा नम्बर ९ हटिया क्षेत्र, बसपार्क, तरहरा बजार, खनार बजार, पकली चौकलाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राख्ने निर्णय गरेको हो ।
यसैगरी अत्याधिक भिडभाड हुने कार्यालयहरू उपमहानगरपालिका कार्यालय, अस्पताल, यातायात, बैंक, विद्युत् कार्यालयलाई पनि रेड जोनमा राखिएको छ । रेड जोन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी विना प्रयोजन हिँडडुल गर्न बन्द गर्ने निर्णय समेत भएको छ । मास्क नलगाई हिँड्ने जो-कोहीलाई नियन्त्रणमा लिएर सय रूपैयाँ जरिवाना गरी एकथान मास्क दिएर सचेत गराइने जानकारी दिइएको छ ।
प्रत्येक पसल, कार्यालय अगाडी साबुन पानीको व्यवस्था गर्नुपर्नेछ । नगरेको पाइए एक पटक सचेत गराउने र पुनः उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाहीको लागि सिफारिस गरिने बताइएको छ ।
साप्ताहिक हटिया बन्द गर्ने निर्णय पनि गरिएको छ । कोभिड -१९ पूर्ण रुपमा नियन्त्रण नभएसम्म सभा, मेला, भोज भतेर तथा सार्वजनिक कार्यक्रमहरूलाई प्रतिबन्ध गरिएको छ । यस्तै शैक्षिक कार्यक्रम पूर्ण रुपमा बन्द गरिनेछ । ज्येष्ठ नागरिक, दम, मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोग भएका र गर्भवती, सुत्केरी र बालबालिकालाई उपचारका लागि बाहेक हिँडडुलमा रोक लगाइएको छ ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । हिजो मात्रै देशभरका ५७ जिल्लामा दुई हजार बढी संक्रमित थपिएका थिए भने २२ जनाको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमित संख्या एक लाख ७ हजार ७५५ पुगिसकेको छ । संक्रमितमध्ये ७५ हजार ८०४ जना डिस्चार्ज भइसकेका छन् भने हालसमम ६३६ जनाको मृत्यु भइसकेको छ ।
संक्रमित बढ्दै गएपनि विभिन्न जिल्ला तथा गाउँपालिकाहरूले सावधानी अपनाउँदै आर्थिक गतिविधि सुचारु गरिरहेका छन् । हरेक क्षेत्रमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउने कसरत जारी छ ।
काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...
जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...