काठमाडौं,असोज २६
कोरोना भाइरस (कोभिड -१९) संक्रमितले संक्रमणकै अवस्थामा लोकसेवाको परीक्षा दिन नपाउने भएका छन् ।
लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७ मा सो कुरा उल्लेख गरेको छ । ‘परीक्षार्थी कोरोना संक्रमण भए वा नभएको स्वयमले घोषणा गर्नु पर्नेछ। संक्रमित परीक्षार्थीले केन्द्रमा प्रवेश गर्न हुने छैन,’ मापदण्डमा उल्लेख छ ।
त्यस्तै सो मापदण्ड अनुसार एक सय जना परीक्षार्थीको लागि एक परीक्षा केन्द्र कायम गरिने छ । एउटा परीक्षा हलरकोठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी व्यवस्थापन गरिनेछ ।
यस्तै परीक्षामा खटिने जनशक्तिहरूलाइ स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्न, मास्क, पञ्जा, फेससिल्ड लगाउन तथा सेनिटाइजरको प्रयोग गर्न लगाउनुपर्नेछ । परीक्षार्थीहरूलाइ पनि अनिवार्य रूपमा मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम गर्न लगाउनुपर्नेछ ।
केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८...
काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...
काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी...