२०८० चैत्र १६
March 29, 2024, Friday

मोरङ प्रहरीले चार स्थानमा स्थापना गर्यो यात्रु सहायता कक्ष

मोरङ प्रहरीले चार स्थानमा स्थापना गर्यो यात्रु सहायता कक्ष

काठमाडौं,असोज २६

कोरोना भाइरस (कोभिड–१९) तीव्र रुपमा बढिरहेको अवस्थामा चाडपर्व निजकिँदै गर्दा जिल्ला प्रहरी कार्यालय मोरङले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दुर्घटना न्यूनीकरण तथा यात्रुहरुको सेवा सुविधाका लागि मोरङका चार स्थानमा सहयाता यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

विराटनगर बसपार्क, विराटचोक, पथरीशनिश्चरे पूर्व बस स्टेन्ट र बेलबारी पूर्व बस स्टेन्टमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरिक्षक मान बहादुर राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार यात्रुहरुलाई केहि समस्या परे चारस्थानमा रहेका सम्पर्क व्यक्तिमार्फत् खबर गर्न सकिनेछ ।

विराटनगर बसपार्कका लागि सम्पर्क नम्बर ९८४२१०४९११, विराटचोकका लागि सम्पर्क नम्बर ९८४२०७७०९४, पथरीका लागि ९८२४९५९०१४ र बेलबारीका लागि ९८४३६९६०५१ चार स्थानमा रहेका सम्पर्क नम्बरमा खबर गर्ने सुविधा रहेको प्रहरीले जनाएको छ ।

क्षमताभन्दा बढी यात्रु राख्ने, द्रुत गतिमा सवारी साधन चलाउने, बढि भाडा लिने, चालक सहचालक लगायत अन्य यात्रुहरुले मापसे गरेमा कुनै पनि किसिमको दुर्व्यवहार, हिंसा लगायतका कार्य गरेमा साथै कोभिड १९ को प्रोटोकल मापदण्ड भन्दा बढी यात्रु राखेको खण्डमा माथी उल्लेखित नम्बरमा यात्रुहरुले सम्पर्क गर्न सकिने प्रवक्ता राईले जानकारी दिए ।

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ आश्विन २६, सोमबार ०९:३७ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७७ आश्विन २६, सोमबार ०९:३७ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७७ आश्विन २६, सोमबार ०९:३७ गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP