२०८० चैत्र १५
March 28, 2024, Thursday

विद्यालयबाट होल्डिङ सेन्टर हटाउन माग गर्दै निवेदन

विद्यालयबाट होल्डिङ सेन्टर हटाउन माग गर्दै निवेदन

काठमाडौं,असोज २६
अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड-१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन सुरु गर्नुपर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका र वडा नं ६ मा निवेदन नै दिएको छ ।

विद्यालयका प्रधानाध्यापक तुलसी निरौलाले अभिभावक र विद्यार्थीहरु नै विद्यालयमा भर्ना गर्न समेत आउन डराएको हुँदा तत्काल होल्डिङ सेन्टर हटाउन माग गरेको बताए । । “विद्यालयको विकल्पमा स्थान खोज्नु पर्यो”, उनले भने, “होल्डिङ सेन्टरका कारण विद्यार्थी भर्ना गर्न आउन अभिभावक डराइरहेका छन् ।”

प्रधानाध्यापक निरौलाले विद्यालयले शैक्षिक संस्थाहरुलाई अब होल्डिङ सेन्टरका रुपमा प्रयोग नगर्न स्थानीय सरकारसँग आग्रह गर्नुभएको छ । सो विद्यालयमा एक हजार २०० विद्यार्थी अध्ययन गर्दै आएका छन् । हाल टोलटोलका मठ मन्दिर, चर्च र सामुदायिक भवनहरुमा पुगेर विद्यार्थीलाई सानो समूहमा पठनपाठन गराइरहेको उनले बताए ।

विद्यालयका शिक्षक सुभद्रा भट्टराईले सुरुका दिनमा भारतलगायत तेस्रो मुलकबाट आउने नेपालीको संख्या अत्याधिक भएका कारण विद्यालयलाई प्रयोग गरे पनि अब तत्काल हटाउनु पर्ने बताइन् ।

उनले भनिन्, “विद्यालयको खेल मैदानबाट चाँडै होल्डिङ सेन्टर हटाउने काम गरौं । विद्यालयमा भर्ना अभियान चलिरहेको छ । यसले निम्त्याउने जोखिमको जिम्मा कसले लिन्छ ?” उनले दैनिक पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रिनेको संख्या घटिरहेको हुँदा भर्खर निर्माण भएको मेचीको मितेरी पुल मुनिलाई होल्डिङ सेन्टर बनाउन सकिने बताइन् ।

गएको जेठ महिनादेखि विद्यालयमा होल्डिङ सेन्टरसहित क्वारेन्टिन सञ्चालनमा ल्याइएको थियो । क्वारेन्टिन हटाएर कक्षा कोठा निर्मलिकरण गरिए पनि खेल मैदानमा भने प्रयोग भइरहेको छ ।

मेचीनगर नगरपालिकाका सामाजिक शिक्षा समितिका प्रमुख नविन बरालले विद्यालयको अनुरोध र विद्यार्थीको भविष्यलाई मध्यनजर गरी दश दिनभित्रमा विद्यालयमा रहेको होल्डिङ सेन्टर हटाइने बताए । उनले अझै पनि भारतबाट दैनिक सयदेखि डेढ सयको हाराहारीमा नेपालीहरु आइरहेको हुँदा विकल्पको रुपमा मेची भन्सार कार्यालयको बाहिरपट्टि होल्डिङ सेन्टर बनाउने तयारी भइरहेको बताए ।

भारतलगायत तेस्रो मुलुकबाट आउने नेपालीहरुलाई होल्डिङ सेन्टरमा राखेर उनीहरुको विवरण लिई सम्बन्धित पालिकालाई जानकारी गराई पठाइदिने र काठमाडौँ उपत्यकाका भएमा पीसीआर परीक्षण गरेर मात्र पठाउने गरेको बताए । रासस

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ आश्विन २६, सोमबार ०६:१० गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

देशभर एकसाथ शुरु भयो एसईई परीक्षा
देशभर एकसाथ शुरु भयो एसईई परीक्षा
  • २०७७ आश्विन २६, सोमबार ०६:१० गते

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष...

भोलिदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
भोलिदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
  • २०७७ आश्विन २६, सोमबार ०६:१० गते

भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७...

TOP