२०७९ चैत्र १८
April 1, 2023, Saturday

कर्णाली विवाद : आजै बस्ला त बैठक

कर्णाली विवाद : आजै बस्ला त बैठक

काठमाडौं,असोज २७

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) कर्णाली संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तरंग केन्द्रसम्म पुगेको छ ।

प्रदेशको विवाद समाधानका लागि अहिले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल, भेटवार्ता भइरहेका छन् । उक्त विवाद सल्टाउन नसके पार्टी एकतालाई समेत धक्का पुग्ने नेकपा प्रदेशस्तरीय नेताहरुले चेतावनी दिइरहेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव आएकै कारण केन्द्रसम्म समाधानको निकास खोज्ने प्रयास भइरहेको छ । यद्यपी विवाद समाधान हुनुको सट्टा उल्टो चर्किएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै मुख्यमन्त्री शाहीले आफ्नो बचाउका लागि एक्सन लिए । उनले आज मंगलबार दिउँसो एक बजे दलको बैठक डाक्ने प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरे । प्रमुख सचेतकमा नेपालीलाई नियुक्त गरेसँगै आगामी कार्तिक ७ गते दलको बैठक आह्वान गरिएको छ ।

नेकपाभित्र बहुमत आएसँगै मुख्यमन्त्री पद छोड्न नचाहेका नेता यामलाल कँडेल पक्षले भने दलको बैठक आजै बस्ने तय गरेको छ । प्रमुख सचेतकबाट हटाइएका शाहले पनि विश्वास गुमाइसकेका दलका नेताले हटाउँदैमा आफूलाई मान्य नहुने भन्दै अहिले मुख्यमन्त्री शाही निलम्बित जस्तै रहेको र उनले केही गर्न नपाउने दाबी गरेका छन् ।

मुख्यमन्त्रीले हटाएका प्रमुख सचेतक शाहले दलको बैठक आजै बस्ने बताएका छन् । अविश्वासको प्रस्ताव आइसकेपछि छलफलका लागि बैठक बोलाउने आफ्नो भएकाले सबै माननीज्यूहरुलाई खबर भएको उनको भनाइ छ । आफ्नै अध्यक्षतामा दलको बैठक बस्ने उनले बताए ।

उता मुख्यमन्त्री पक्ष भने बैठक अहिले नबोलाउने पक्षमा छ । प्रमुख सचेतक शाहले आज मंगलवार बोलाइएको बैठक बस्न नमिल्ने प्रमुख सचेतक नेपालीलेको तर्क छ ।

आइतबार शाहीविरूद्ध तत्कालीन एमालेका १५ र माओवादी केन्द्रका ३ गरी १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ३३ जनामध्ये १८ जना सांसद अविश्वासको प्रस्तावको पक्षमा उभिएपछि संसदीय दलमा शाही अल्पमतमा परेका छन् । संसदीय दलमा अल्पमतमा परेसँगै उनको सरकार पनि ढल्ने भएपछि केन्द्रमा प्रचण्डले सक्रियता बढाएका छन् ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७७ आश्विन २७, मंगलवार ०७:०४ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७७ आश्विन २७, मंगलवार ०७:०४ गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७७ आश्विन २७, मंगलवार ०७:०४ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

TOP