काठमाडौं,असोज २७
नेपाली चलचित्र जगतका एक हस्ती हुन अभिनेता राजेश हमाल । राजेशले केहि समयदेखि यता सञ्चालन गर्दै आएको ‘जातको प्रश्न’ नामक कार्यक्रम अहिले विवादित बनेको छ ।
नेपालमा सदियौदेखि हुने गरेका जातीय विभेद र छुवाछुतका घटनाहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त कार्यक्रमका कारण अभिनेता हमाल विवादमा परेका हुन् । क्रिश्चियनको लगानीमा हिन्दू धर्मावलम्बीहरूमाथि प्रहार भएको भन्दै हिन्दू समर्थकहरुले सोमबार अभिनेता हमालको फोटो जलाएका छन् ।
कान्तिपुर टेलिभिजनबाट हरेक शनिबार साढे ६ बजेबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘जातको प्रश्न’ मा ‘क्रिश्चियन एड नेपाल’ को लगानी रहेको बुझिएको छ । क्रिश्चियनको लगानीमा निर्माण भएको कार्यक्रममा हिन्दूहरुलाई बदनाम गर्ने काम भएको भन्दै हिन्दू समर्थकहरुले हमालको विरोध गरेका हुन् ।
८० प्रतिशतभन्दा बढी हिन्दूहरुको बसोबास रहेको नेपालमा उनीहरुलाई नै बदनाम गर्ने गरी सुरु भएको कार्यक्रम तत्काल बन्द गर्नुपर्ने हिन्दू समर्थकहरुको माग रहेको छ । हमाललाई उनका शुभचिन्तकहरुले ‘पहिले बुझेर मात्र कार्यक्रम चलाउनुपर्थ्यो’ भन्दै कमेन्ट गरेको देखिन्छ ।
हिन्दू धर्मावलम्बीहरुलाई बदनाम गर्ने उद्देश्यले ‘जातको प्रश्न’ निर्माण गरेको भन्दै विरोध हुन थालेपछि समता फाउन्डेसनले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति पूर्वाग्रह राखिएको छैन ।’
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...