काठमाडौं,असोज २७
नेकपा कर्णाली संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी अन्ततः जोखिएको छ । माधवकुमार नेपाल पक्षले साथ दिँदा उनको पद जोगिएको हो ।
मुख्यमन्त्री शाहीविरुद्ध आइतबार आफ्नै पार्टीका १८ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
भोलिपल्ट मुख्यमन्त्री शाहीले आफ्नो बचाउमा एक्सन लिँदै प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि विवाद झनै चर्किएको थियो । संसदीय दलको नेताकै हैसियतमा मुख्यमन्त्री शाही अल्पमतमा परेपछि सरकार ढल्नसक्ने अलड्कलबाजी समेत चलिरहेको थियो ।
विवाद साम्य पार्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएर लागि परेका थिए । मंगलबार बिहान पनि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका थिए । छलफलपछि मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूहका ७ सांसद पछाडि हटेको छ ।
मुख्यमन्त्री शाही र नेपाल पक्षका नेताहरुबीच भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी सहमति जुटेको हो । दुई दिनसम्म केन्द्र र प्रदेशमा भएका विभिन्न प्रयासपछि मंगलबार नेता नेपाल पक्षका ७ जना सांसद हस्ताक्षर फिर्ता लिन सहमत भएका हुन् । माधव नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम समेत पठाइसकेको छ । मुख्यमन्त्री शाहीले सहमति बमोजिम सचेतकमा कर्मराज शाहीलाई नियुक्त गरिसकेका छन् ।
यता बालुवाटरमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल जारी छ । तीनै जनाको सहमतिसँगै मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...