काठमाडौं,असोज २७
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद यामलाल कँडेलसहितका पदाधिकारीहरूलाई काठमाडौं बोलाइएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको छलफलपछि कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं बोलाएका हुन् ।
मुख्यमन्त्री शाहीविरुद्ध आइतबार आफ्नै पार्टीका १८ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री शाहीले आफ्नो बचाउमा एक्सन लिँदै प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि विवाद झनै चर्किएको थियो ।
प्रदेशमा विवाद चर्किँदै गर्दा प्रचण्ड विवाद साम्य पार्ने कसरतमा थिए । सोमबार बिहानदेखि नै ओली र प्रचण्ड छलफलमा जुटेका थिए । मंगलबार पनि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, ओली र प्रचण्डबीच छलफल भएको थियो ।
छलफलपछि सहमति जुटिसकेको छ । उनीहरुलाई बिहीबार काठमाडौं आउन भनिएको स्रोतले जनाएको छ । विवादकै विषयमा छलफल कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाएका हुन् ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...