२०८१ बैशाख ४
April 16, 2024, Tuesday

सलमान, शाहरूखदेखि अक्षयसम्मले अर्नव गोस्वामीविरुद्ध दायर गरे मुद्दा

सलमान, शाहरूखदेखि अक्षयसम्मले अर्नव गोस्वामीविरुद्ध दायर गरे मुद्दा

एजेन्सी,असोज २७
बलिउडका ३४ ठुला चलचित्र निर्माताहरु र ४ चलचित्र संस्थाले अर्नव गोस्वामी सहित केही भारतीय पत्रकार विरुद्ध मुद्दा दायर गरेका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा गैरजिम्मेवारी रिपोर्टिङ गरेको भन्दै चलचित्र निर्माताहरुले सोमबार दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

रिपब्लिक टिभी र उक्त च्यानलका प्रमुख अर्नब गोस्वामी, प्रदीप भण्डारी, टाइम्स नाउ र यसका राहुल शिवशंकर, नविका कुमार विरुद्ध मुद्दा दायर गरिएको छ ।

मुद्दा दायर गर्नेहरुमा आमिर खान, शाहरुख खान, सलमान खान, करण जौहर, अक्षय कुमार, आदित्य चोपडालगायतका प्रोडक्सन हाउस समेत समावेश भएका छन् । याचिकामा मिडिया प्लेटफर्म मार्फत् उनीहरुले बलिउड र यसका सदस्यहरु विरुद्ध गैर जिम्मेवार र अपमानजनक टिप्पणी गरेको आरोप लगाइएको छ ।

महिनौँदेखि यस विषयमा लगातार प्रसारण गरिरहेका च्यानलहरुले बलिउडमा दुर्व्यवहार, लागूऔषध प्रयोग, ब्ल्याकमेलिङ जस्ता गम्भीर समस्या रहेको आरोप लगाएको थियो ।

Related News

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
  • २०७७ आश्विन २७, मंगलवार ०८:३२ गते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका...

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
  • २०७७ आश्विन २७, मंगलवार ०८:३२ गते

काठमाडौं- नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार...

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
  • २०७७ आश्विन २७, मंगलवार ०८:३२ गते

काठमाडौं, चैत २९ गते । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण...

TOP