काठमाडौं,असोज २८
रौतहट र कास्कीबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । रौतहट, कटहरिया नगरपालिका-५ पानी ट्याङकीस्थित सडकबाट करिब आधा किलो अवैध लागूऔषध गाँजासहित कटहरिया नगरपालिका१ भसेढबाखोर टोल बस्ने २२ वर्षीय संजय दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै कास्की, पोखरा महानगरपालिका(३ तेर्सापट्टीस्थित बुद्ध बिहार नजिकबाट करिब ६ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित अन्नपूर्ण गाउँपालिका(११ घान्द्रुक बस्ने २० वर्षीय प्रकाश बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पैदल हिँडिरहेका उनलाई अस्थाई प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...