काठमाडौं,असोज २७
खेलमा पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिनाले फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा लगातार दोस्रो खेलमा जित हात पारेको छ । नेपाली समय अनुसार आज राती भएको बोलभियाको घरेलु मैदानमा भएको दोस्रो खेलमा अर्जेन्टिनाले २-१ को जीत दर्ता गरेको हो ।
खेलको २४ मिनेटमा बोलिभियाले खेलमा अग्रता लिएको थियो । बोलिभियाका लागि मार्टिन्सले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए पनि पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्काउन सफल भयो। अर्जेन्टिनाका लागि मार्टिनेजले पहिलो हाफको ४५ औं मिनेटमा बराबरी गोल गरे ।
दोस्रो हाफमा मैदान छिरेका योकिन कोरियाले ७९ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनलाई गोल गर्न मार्टिनेजले पास उपलब्ध गराए ।
जितसँगै अर्जेन्टिना सुरुवाती दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । पराजित बोलिभियाले खाता खोल्न सकेको छैन ।
यस्तै अर्को खेलमा उरुग्वे इक्वेटरसँग पराजित भएको छ । उरुग्वेका लागि लुइस सुआरेजले खेलको अन्त्यतिर पेनाल्टीमार्फत दुई गोल गरेपनि उरुग्वेले इक्वेडरसँग ४-२ को लज्जापद हार बेहोरेको हो ।
इक्वेडरको जितमा मिचेल इस्ट्राडाले दुई गोल गर्दा मोइसेस काइसेडो र गोन्जलो प्लाटाले गोल गरे ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...