२०८० आश्विन ५
September 22, 2023, Friday

कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित

कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित

काठमाडौं,असोज २९

पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।

महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस संक्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले आजदेखि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिए ।

त्यसैगरी महानगरपालिकाले यस अवधिमा आयोजना गर्ने तय गरेका सम्पूर्ण बैठक, कार्यक्रम तथा महानगरका पदाधिकारीलाई आमन्त्रण गरिएका कार्यक्रमहरुमा समेत पदाधिकारी उपस्थित नहुने महानगर प्रमुख जिसीले जानकारी दिए।

महानगरबाट प्रदान गरिने सेवा बन्द भएपछि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने सुचारु रहेको जनाइएको छ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । रासस

Related News

प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ
प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ
  • २०७७ आश्विन २९, बिहीबार ०६:०५ गते

प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...

बिदेशमा भन्दा स्वदेशमै सस्तो र राम्रो उपचार हुन्छ – डा.बिजयमान सिह कटुवाल
बिदेशमा भन्दा स्वदेशमै सस्तो र राम्रो उपचार हुन्छ – डा.बिजयमान सिह कटुवाल
  • २०७७ आश्विन २९, बिहीबार ०६:०५ गते

सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
  • २०७७ आश्विन २९, बिहीबार ०६:०५ गते

 किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन...

TOP