काठमाडौं,असोज २९
२२ वर्षीय अभिषेक चौधरीको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले चौधरीको हत्याको अभियोगमा कनकाई नगरपालिका वडा नम्बर ७ काब्रोटे टोलमा बस्ने २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई बुधबार नियन्त्रणमा लिएको हो । बिहीबार प्रहरीले अभिुक्तलाई सार्वजनिक गरेको हो ।
पक्राउ परेका युवकले गाँजाको विषयमा झगडा हुँदा हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार हत्या भएको दिन अभिषेकले १ सय रुपैयाँ दिएर रविनलाई गाँजा किन्न पठाएका थिए । रविनले गाँजा किनेर ल्याए तर अभिषेकले खान दिएनन् । त्यसपछि उनीहरूबीच विवाद भएको थियो ।
त्यही क्रममा अभिषेकले झापड समेत हानेपछि रविनले आफूलाई अपमान गरेको महशुस गरी आफ्नो घरमा गएर बन्चरो ल्याएर बाटो ढुकेर मंगलबार हत्या गरेर भागेको खुलेको प्रहरीले जनाएको छ ।
मृतक अभिषेकको शव कनकाई नगरपालिका वडा नम्बर ३ एकान्त टोलमा रहेको सुरुङ्गा खोलाको बाँध र बासघारी झ्याङ बीचमा भएको भित्री सानो गोरेटो बाटोमा घटनाको भोलिपल्ट स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...