काठमाडौं,असोज २९
डेढ वर्षदेखि श्रीमतीलाई शौचालयमा थुन्ने श्रीमान् पक्राउ परेका छन् । शौचालयमा थुनिएकी महिलाले १७ वर्ष अगाडी नरेश कुमार नाम गरेका पुरुषसँग विवाह गरेकी थिइन् । उनको १५ वर्षीय एक छोरी र ११, १३ वर्षका दुई छोरा छन् । डेढ वर्ष अघि मात्रै उनका श्रीमानले शौचालयमा थुनेर राख्न सुरू गरेका हुन् । उक्त घटना भारतको हरियाणा राज्यको पानिपत जिल्लामा रहेको ऋशपुर गाउँको हो ।
मानसिक समस्या भएकोले थुनेर राखेको उनको श्रीमानको दाबी छ । यद्यपी परोपकार विभागका अधिकारीले भने पीडित महिलाले परिवारका सबै सदस्यलाई चिनेको र उद्धार टोलीले सोधेका प्रश्नहरूको उत्तर दिएको बताइएको छ ।
उनका श्रीमानले महिलाको मानसिक उपचार गरिएको पुष्टि हुने कागजपत्र पेस गर्न नसकेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । अहिले प्रशासनले महिलाका पति नरेश कुमारलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा लिएको छ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...