काठमाडौं,असोज २९
लामो समयको लकडाउनपछि आजबाट हलहरु खुल्ने भएका छन् । सिनेमा, मल्टिप्लेक्स, स्विमिङ पूल र मनोरन्जन पार्क आजदेखि खुल्ने भएका हन् । सिनेमाको टिकट बुकिंग आजदेखि सुरु हुनेछ, तर शोहरु भने भोलीदेखि मात्र सञ्चालनमा आउने भएको भारतिय सञ्चार माध्यमले जनाएको छ ।
सूचना र प्रसारण मन्त्रालयले थिएटर र मल्टिप्लेक्सहरूका लागि दिशानिर्देश जारी गरेको छ, ताकि कुनै पनि घटनामा कोरोना संक्रमणको स्थिति उत्पन्न नहोस् । सबै सिनेमाघर, थिएटर र मल्टिप्लेक्समा ५० प्रतिशत क्षमताको साथ खोलिने भएको छ ।
हलभित्र जानु भन्दा पहिले, कुनै लक्षण नभएको प्रत्येक व्यक्तिको थर्मल स्क्रिनिंग मात्र अनुमति दिइन्छ । हल भित्र टेपको क्रस सिट बनाइएको छ, तर त्यो सिटहरूमा बस्नको लागि भने अनुमति नदिने भएको छ । चलचित्र सुरु हुनुभन्दा अघि, अन्तरालको बीचमा र चलचित्र अन्त भएपछि मास्क लगाउन, शारीरिक दूरी राख्न, हात स्वच्छता लगाउन सार्वजनिक सेवा घोषणाहरू पनि थिएटरहरूमा हुनेछन् ।
टिकट खरीदको सम्पूर्ण प्रक्रिया अनलाइन मार्फत हुनेछ । साथै हलभित्र प्याकेज गरिएको खाना मात्र प्रविष्टि हुनेछ । एजेन्सी
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...