विराटनगर ,असोज २९
मानसिक सन्तुलन गुमाएका एक युवकलाई विराट मानव सेवा नेपालले उद्धार गरेको छ । विराटनगर-६ का २१ वर्षीय सन्तोष पासवानलाई बुधबार उनको घरैबाट संस्थाले उद्धार गरेको हो ।
हप्ता दिनदेखि अचेत अवस्थामा रहेका उनलाई घरैमा बाँधिएको अवस्थामा संस्थाले उद्धार गरेको विराट मानव सेवा नेपालका कोषाध्यक्ष रमा प्रसाईले जानकारी दिइन् ।
उनले भनिन्, ‘सन्तोष मानसिक रोगी रहेछ । जब उनलाई बिरामले च्याप्छ त्यो अवस्थामा आफ्नो छेउछाउमा रहेका सबैलाई हानी नोक्सानी पुर्याउने गर्दो रहेछ । उसलाई थेग्न नसकेर परिवारले हात बाँधेर राखेका रहेछन् ।’
उनलाई संस्थाका अध्यक्षका साथै गाँउलेको रोहबरमा उपचारका लागि नोबेल शिक्षण अस्पतालमा उद्धार गरिएको प्रसाईले बताइन् । सन्तोषको उपचरामा लाग्ने सम्पूर्ण खर्च संस्थाले नै बेहोर्ने उनको भनाइ छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...