२०७९ चैत्र १८
April 1, 2023, Saturday

युइएफए नेसन्स लिगः एमबाप्पे र ग्रिजमनको गोलमा फ्रान्सको जित

युइएफए नेसन्स लिगः एमबाप्पे र ग्रिजमनको गोलमा फ्रान्सको जित

काठमाडौं,असोज २९
युवा फरवार्ड केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको गोल सहयोगमा विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा विश्व उपविजेता क्रोएसियालाई २-१ ले पराजित गरेको छ ।

क्रोएसियाका निकोला भ्लासिचले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । फ्रान्सले विश्वकपको फाइनलमा तथा गत महिना नेसन्स लिगकै खेलमा क्रोएसियालाई समान ४-२ ले पराजित गरेको थियो ।

माक्सिमिरल जाग्रिवमा बुधबार राति भएको खेलमा पाहुना टोलीले खेलको आठौं मिनेटमा नै एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । फर्लान्ड मेन्डीको क्रसलाई क्रोएसियाका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई ग्रिजमनले गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ६४औं मिनेटमा भ्लासिचले घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । कप्तान लुका मोड्रिचबाट आएको ब्याक पासलाई जोसिप ब्रेकालोले मिलाईदिएको पासमा निकोला भ्लासिचको प्रहारलाई फ्रान्सका गोलरक्षक लोरिसले रोक्ने कुनै अवसर नै पाएनन् ।

९औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । पल पोग्वाको लामो पासलाई लुकास डिग्नेले अफसाइड बिट ट्रयाप गर्दै वान टचमा फ्लिक गरेको बललाई एमबाप्पेले पनि वान भर्सेस वानको अवस्थामा वान टचमा फिनिस गरेका थिए । खेलमा पछि परेपछि घरेलु टोलीले दुई सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितसँगै लिग ‘ए’ ३ मा अपराजित रहेको फ्रान्स ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहँदा क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ । समान १० अंक भएपनि पोर्चुगल गोल अन्तरमा शीर्षस्थानमा छ । स्वीडेनले अंकको खाता खोल्न सकेको छैन ।

Related News

आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत
आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत
  • २०७७ आश्विन २९, बिहीबार ११:२० गते

एजेन्सी, साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित...

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७७ आश्विन २९, बिहीबार ११:२० गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७७ आश्विन २९, बिहीबार ११:२० गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

TOP