२०८१ बैशाख ४
April 16, 2024, Tuesday

विराटनगरमा तीन संक्रमितको मृत्यु

विराटनगरमा तीन संक्रमितको मृत्यु

काठमाडौं,असोज २९

कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक महिला र कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको हो ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका-१५ का ६६ वर्षीय पुरुष छन् ।

विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको हो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको बस्नेतले बताए ।

सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको उनले बताए ।

उनको उपचारकै क्रममा बुधबार राति ९ बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिए । मृतकमा मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको उनको भनाइ छ ।

यसैगरी विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका-५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

Related News

काठमाडौँको प्रदूषण अझै अस्वस्थ
काठमाडौँको प्रदूषण अझै अस्वस्थ
  • २०७७ आश्विन २९, बिहीबार ०५:२५ गते

काठमाडौँ, वैशाख ३ गते । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र...

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
  • २०७७ आश्विन २९, बिहीबार ०५:२५ गते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका...

नयाँ औषधी ऐन ल्याइँदै
नयाँ औषधी ऐन ल्याइँदै
  • २०७७ आश्विन २९, बिहीबार ०५:२५ गते

काठमाडौँ, चैत ३० गते । नेपालमा ४६ वर्षपछि औषधी ऐन फेरिने भएको छ । औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ लाई प्रतिस्थापन...

TOP