२०८० आश्विन ५
September 22, 2023, Friday

घटेन कोरोना कहरः विश्वमा ज्यान गुमाउनेको संख्या ११ लाख नाघ्यो

घटेन कोरोना कहरः विश्वमा ज्यान गुमाउनेको संख्या ११ लाख नाघ्यो

काठमाडौं, असोज ३०
विश्वभर कोरोना भाइरस (कोभिड(१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ९१ लाख नाघेको छ भने ११ लाख २ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ९१ लाख ५१ जार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख २ हजार ४१८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड ९३ लाख ६९ हजार ७७२ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख २२ हजार ७१२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ८२ लाख १५ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार १३ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ८६९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १२ हजार ११४ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ८३३ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ६० हजार ३६५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७३ लाख ६५ हजार ४३५ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५१ लाख ७० हजार ९९६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७३४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ५१३ पुगेको छ ।

Related News

प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ
प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ
  • २०७७ आश्विन ३०, शुक्रबार ०५:१७ गते

प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...

बिदेशमा भन्दा स्वदेशमै सस्तो र राम्रो उपचार हुन्छ – डा.बिजयमान सिह कटुवाल
बिदेशमा भन्दा स्वदेशमै सस्तो र राम्रो उपचार हुन्छ – डा.बिजयमान सिह कटुवाल
  • २०७७ आश्विन ३०, शुक्रबार ०५:१७ गते

सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...

आम जनतालाई बैंकिङ सेवा सुविधा दिलाउँन आजपाले आन्दोलन गर्ने महासचिव साहको चेतावनी
आम जनतालाई बैंकिङ सेवा सुविधा दिलाउँन आजपाले आन्दोलन गर्ने महासचिव साहको चेतावनी
  • २०७७ आश्विन ३०, शुक्रबार ०५:१७ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहले आम जनतालाई बैंकिङ सेवा सुविधा तथा ऋण दिलाउँन एवं बैंकहरुको मनोमानी...

TOP